नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा बस्दै
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा बस्दै
    • बेल संचार

    • ११ असार २०८१, मंगलवार

काठमाडाैं |

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक आज बिहान साढे १० बजेदेखि शुरू भएको छ ।

काठमाडौंको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।उनका अनुसार बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ ।परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन् । उक्त प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् ।

त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गरेका छन् ।

बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान नेपाल आइपुगेका थिए ।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी बुधबार काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

साताकाे चर्चित
सम्बन्धित