हिमाको पढाई मेला , सम्पूर्ण क्रियाकलापमा प्रथम भएपछि नेत्रज्योती माविले पायो पाँचलाख
हिमाको पढाई मेला , सम्पूर्ण क्रियाकलापमा प्रथम भएपछि नेत्रज्योती माविले पायो पाँचलाख
    • उमेश बुढा

    • १३ असार २०८१, बुधबार

जुम्ला ।

हिमा गाउँपालिका स्तरीय दोस्रो पढाई मेला असार ५ र ६ गते लागेको थियो ।

नेपालको शन्दर्भमा यो मेला पहिलो रुपमा लिन सकिन्छ । यस भन्दा गत वर्षमा पनि पढाई मेला हिमा आधारभूत विद्यालय कोइरेलीमा लागेको थियो । भने यस पटकको दोस्रो पढाई मेला रुपाकोट आधारभूत विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको थियो ।

उक्त मेलामा सम्पूर्ण शैक्षिक क्रियाकलाप पूरा गरेर प्रथम भए पछि नेत्र ज्योती प्राविधिक विद्यालय ओदीलाई रु पाँचलाखको चेक हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण वहादुर शाहीले हस्तान्तरण गर्नु भयो ।

पढाई मेलामा प्रथम भए पछि विद्यालय व्यवस्थापन समिति , अभिभावक , शिक्षक र विद्यार्थीको हौसला जागोहोस् , अझै आगामी दिनमा पनि विद्यालयको प्रगती उन्नति होस् भन्दै अध्यक्ष शाहीले हिमा गाउँपालिकाको १६ औं गाउँ सभामा पाँच लाखको चेक हस्तान्तरण गरेका हुन ।

नेत्र ज्योती मावि ओदीलाई हिमा गाउँपालिकाले पाँचलाखको पुरस्कार दिएकोमा विद्यालय परिवार खुसी भएको प्रधानाध्यापक रङ्ग वहादरु रोकायाले बताए ।

पढाई मेलामा सहभागी विद्यालय मध्ये यस विद्यालयले सम्पूर्ण शैक्षिक क्रियाकलाप पूरा गरेर प्रथम भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित