चट्याङबाट २ जनाको मृत्यु, ६ घाइते कैलालीमा
चट्याङबाट २ जनाको मृत्यु, ६ घाइते कैलालीमा
    • बेल संचार

    • १२ असार २०८१, बुधबार

कैलाली

कैलाली जोशीपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका- ३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका- १८ एफगाउँका २७ वर्षीय शालिम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरू दुवै जनालाई बुधबार बिहान घर नजिकैको खेतमा काम गर्ने  क्रममा चट्याङ लागेको थियो ।

यस्तै, कैलालीको जानकी गाउँपालिका- ४ बेलापुरकी २९ वर्षीय रिता कठरिया, २३ वर्षीय सुष्मा डगौरा, भजनी नगरपालिका- ६ बस्ने ५५ वर्षीय रामबहादुर चौधरी, घोडाघोडी- ९ बुदेनी बस्ने ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित