चिनियाँ उपविदेश मन्त्री सुन स्वदेश फर्के
चिनियाँ उपविदेश मन्त्री सुन स्वदेश फर्के
    • Bell Sanchar

    • १३ असार २०८१, बुधबार

काठमाडौँ  ।

चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ स्वदेश फर्केका छन् । नेपाल–चीन कूटनीति परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन सोमवार नेपाल आएका उपविदेश मन्त्री सुन आज उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उनी स्वदेश फर्केका हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका उपसचिव एवम् उत्तर–पूर्व एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।हिजो मङ्गलवार नेपाल–चीन कूटनीति परामर्श संयन्त्रको १६ औँ बैठक बसेको थियो ।

सो बैठकले चीन र नेपालबिच उच्चस्तरीय संयन्त्र बनाउने सहमति गरेको छ । हालसम्म चीन र नेपालबिच सचिवस्तरीय संयन्त्र रहेको छ ।  बैठकले अब मन्त्रीस्तरीय  संयन्त्र बनाउनुपर्ने सहमति गरेको छ । त्यस बैठकमा दुई पक्षीय सहकार्य र सम्बन्धको बारेमा कुराकानी भएको हो ।सोमबार नेपाल आउने बित्तिकै उपविदेश मन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । मङ्गलवार दिनभर बैठकमा व्यस्त रहेका सुनले राष्ट्रपति रामचन्द्र पौडेल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित