५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’ एसईईको नतिजा सार्वजनिक
५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’ एसईईको नतिजा सार्वजनिक
    • Bell Sanchar

    • १४ असार २०८१, बिहीबार

काठमाडाैं 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनैपर्ने अन्यथा अनुत्तीर्ण भएको ‘एनजी’ उल्लेख गरिएको ‘ग्रेडसिट’ तयार गरिएको छ ।

५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

उनीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।

परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

गत चैत १५ गतेदेखि शुरू भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ । वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

null

साताकाे चर्चित
सम्बन्धित