सडक अवरुद्ध हुँदा सवारी साधन आवागमनमा समस्या, कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो
सडक अवरुद्ध हुँदा सवारी साधन आवागमनमा समस्या, कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो
    • Bell Sanchar

    • १५ असार २०८१, शुक्रबार

सुर्खेत ।

कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्ड अन्तर्गत विभिन्न पाँच वटा ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले पालेतडा–पादुका खोला–बिचको खण्डमा पाँच वटा ठाउँमा पहिरो गएको छ । ‘कतै पहिरोले अवरुद्ध छ कतै पहिरो पछिको लेदोका कारण अवरुद्ध छ,’ उनले रातोपाटीसँग भने, ‘अवरुद्ध सडक खुलाउनका लागि नेपाल प्रहरी, जनपद प्रहरी र सशस्त्रको टोली उक्त स्थानतर्फ गइरहेको छ ।’

सडक अवरुद्ध भएसँगै सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेत फर्किँदै गरेका सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् ।

यस्तै राजमार्गको दहिखोला र कालेखोलाको बिचमा पनि एक ठाउँमा बाटो अवरुद्ध भएको छ । कतिबेलासम्म सडक सुचारु हुने हो निश्चित भने छैन ।

पानी पर्न सुरु भएसँगै कर्णाली राजमार्ग हिलाम्ये हुन सुरु भएको छ । विशेषगरी राजमार्गको दैलेख खण्ड जीर्ण बन्दै गइरहेपनि स्तरोन्नति हुन सकिरहेको छैन ।

दहिखोला भन्दा माथि जुम्लासम्मको सडक भने डबल कटिङ्ग भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित