नयाँ गीत ‘मनमा तिम्रो’ सार्वजनिक
नयाँ गीत ‘मनमा तिम्रो’ सार्वजनिक
    • Bell Sanchar

    • १४ असार २०८१, शुक्रबार

काठमाडौँ । 

गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको गीत ‘मनमा तिम्रो’ सार्वजनिक गरिएको छ ।

प्रेममा विश्वासघात गर्नेहरूसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान गीतमा गायिकाले गरेकी छन् ।

स्वरुपाकै  शब्द तथा सङ्गीत रहेको गीतमा राजन इशानको एरेन्ज छ ।

मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई भिडियोको देखाइएको छ ।

भिडियोमा गायिका स्वरूपा र विकाश लामिछानेको अभिनय छ ।

भिडियोमा स्वरुपासँगै विकाश गज्जबले खुलेका छन् ।

सुब्रत आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र  विकाश दाहालको सम्पादन छ|

साताकाे चर्चित
सम्बन्धित