अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई दिने पहुँचयुक्त प्रविधि सम्बन्धी तालिम
अपाङ्गता भएका व्यक्तिहरुका लागि दुई दिने पहुँचयुक्त प्रविधि सम्बन्धी तालिम
    •  शर्मिला विश्वकर्मा

    • १५ असार २०८१, शुक्रबार

काठमाडौँ

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले असार १३ र १४ गते अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संघ संस्थाका प्रतिनिधिहरूलाई पहुँचयुक्त ढाँचामा सामाग्री तयारी सम्बन्धी उक्त दुई दिने क्षमता विकास तालिम प्रदान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा आयोजना गरिएको सो सो दुई दिने तालिममा आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुग्न नसकेको भन्दै प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुर्याउने उद्देश्यले दुई दिने तालिमको आयोजना गरिएको भन्दै सबै सहभागीहरूलाई यस तालिमको उपयोग गर्नको लागि आग्रह गर्दै ज्ञान, सीप र अभ्यासलाई प्रयोगमा ल्याउन पनि आग्रह गर्नु भयो ।

सम्बन्धी उक्त दुई दिने क्षमता विकास तालिममाका क्रममा त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष एवं एविलिज फाउन्डेसनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले डिजिटल पहुँचयुक्तताको परिचय र महत्वको बारेमा प्रस्ट पार्दै सबैलाई अनुकूल हुने संरचना हुनु पर्ने, पहुँचयुक्त संरचना तथा प्रविधि नभएमा दैनिकी कार्यहरू सम्पन्न गर्न समेत कठिन हुने हुँदा पहुँचयुक्त प्रविधिमा सबै जानकार हुन जरुरी रहेको बताउनु भयो ।

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिमा पहुँच पुगोस् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको भन्दै वेब कन्टेन्ट पहुँचयुक्तता निर्देशिकाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त दुई दिने पहुँचयुक्त प्रविधि सम्बन्धी तालिममा Diverse Patterns का निर्देशक सागर प्रसाईँले माइक्रोसफ्ट वर्ड, एक्सल र पावरपोइन्टमा पहुँचयुक्त डकुमेन्ट बनाउने तरिकाका विषयमा, अपाङ्गता अधिकारकर्मी कृतन श्रेष्ठ दुवालले सामाजिक सञ्जालमा फोटो वा अन्य सामाग्रीहरू राख्दा कसरी पहुँचयुक्त ढाँचामा राख्ने र डिजिटल सुरक्षा सम्बन्धी, सुनाई सम्बन्धी अपाङ्गता भएका व्यक्ति विश्वामित्र भित्रकोटीले बहिरा र श्रवणदृष्टिविहीन मैत्री सञ्चार र विधिबारेमा, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कार्यक्रम अधिकृत सुवास ज्ञवालीले Artificial Intelligence (AI ) को महत्त्व र प्रयोगको विषयमा र पूर्ण दृष्टिविहीन युवा कुशल न्यौपानेले कार्यक्रमको सहजिकरण गर्दै सहभागीहरूले तयार गरेको पहुँचयुक्त डकुमेन्टको परीक्षण र पृष्ठपोषण गर्नु भएको थियो । यस तालिम समापनका क्रममा सहभागीहरु मध्ये कोसी प्रदेशबाट सहभागी हुनु भएको शारीरिक अपाङ्गता भएकी महिला आकृति रानी फुँइयालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त प्रविधिका यस्ता तालिम प्रदेश, नगर तथा वडाहरूमा पनि सञ्चालन गरिनु पर्ने बताउनु भयो ।

त्यसै गरी सहभागी न्यून दृष्टियुक्त महिला सुप्रभा अर्यालले यस पहुँचयुक्त तालिम ज्यादै प्रभावकारी भएको भन्दै यस्ता तालिमहरू फिजिकल नभएर डिजिटल बनाइनु पर्ने, यस्ता तालिमहरू ग्रामीण क्षेत्रमा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रदान गरिनु आवश्यक रहेको कुरामा जोड दिनु भयो । अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संघ संस्थाका प्रतिनिधिहरूलाई पहुँचयुक्त ढाँचामा सामाग्री तयारी सम्बन्धी उक्त दुई दिने क्षमता विकास तालिममा सातै प्रदेशका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित