स्याङ्जामा बाढीले घर बगाउँदा आमाछोरीको मृत्यु
स्याङ्जामा बाढीले घर बगाउँदा आमाछोरीको मृत्यु
    • Bell Sanchar

    • १६ असार २०८१, शनिबार

काठमाडौं

स्याङ्जामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ ।

यस्तै, बाग्लुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति घरसहित पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

उनका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

साताकाे चर्चित
सम्बन्धित