विश्व च्याम्पियन बनेको भारत बलिङको बलमा
विश्व च्याम्पियन बनेको भारत बलिङको बलमा
    • बेल संचार

    • १७ असार २०८१, सोमबार

काठमाडाैं | 

समूहमा खेलिने हरेक खेलमा प्रत्येक खेलाडीको महत्व हुन्छ । हरेकको एक/एक मेहनतले खेल जितिन्छ । भारतले दोस्रोपटक आईसीसी टी–२० विश्व क्रिकेटको उपाधि जित्दा हरेक खेलाडीको अहम् भूमिका रह्यो नै ।

तर, करिब १७ वर्षपछि भारतलाई टी–२० विश्व च्याम्पियन बनाउन भारतीय बलरहरूको ठूलो योगदान गरेको चर्चा भइरहेको । उनीहरूले हरेक खेलमा विपक्षीलाई धराशायी बनाए । असम्भव जितलाई बलरले नै सम्भव बनाए । भारतीय बलरले हरेक खेलमा औसत ८ विकेट लिएका छन् । भारतले विश्वकपमा १२ खेलाडी मैदानमा उतारेको थियो । जसमध्ये ७ बलर थिए । उनीहरूले भारतका लागि ८ खेलमा ६४ विकेट लिए । भारतीय बलरहरू प्रत्येक खेलमा लिने औसत विकेटको आधारमा शीर्ष स्थानमा रहे ।उपविजेता दक्षिण अफ्रिकाका बलरले ६५ विकेट लिए पनि टोलीले भारतभन्दा एक खेल बढी खेलेको थियो । भारतको एउटा खेल वर्षाका कारण अनिर्णित भएको थियो ।

भारतीय टोलीले विश्वकपमा ३ टिमलाई अलआउट गरेको थियो । टोलीले समूह चरणमा आयरल्याण्डलाई मात्रै अलआउट गर्न सकेको थियो । पाकिस्तान,  अष्ट्रेलिया र दक्षिण अफ्रिका विरुद्धको तीन महत्वपूर्ण खेलमा पनि बलरहरूले नै भारतलाई लगभग हारबाट जोगाएका थिए ।

भारतले सुपर–८ चरणमा ३ फास्ट बलर र समूह चरणमा ४ फास्ट बलरलाई मौका दिएको थियो । अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले सबै खेल खेले । जहाँ कप्तान रोहित शर्माले मोहम्मद सिराजलाई अमेरिकाको गतिमैत्री पिचमा मौका दिएका थिए ।

यी चार बलरले एकसाथ ६.१८ को इकोनोमीमा रन खर्च गरे र प्रतियोगितामा सर्वाधिक ४४ विकेट लिए । भारतीय बलरहरूले प्रत्येक २ खेलमा जम्मा १३ विकेट लिएका थिए । जुन २० टोलीमध्ये सबैभन्दा बढी हो । भारतपछि दक्षिण अफ्रिकाका फास्ट बलरले प्रतियोगितामा ४१ विकेट लिएका छन् ।

स्पिनरले पनि राम्रो विकेट लिएका छन् । स्पिनरहरूले प्रतियोगितामा २० विकेट लिएका थिए । जसको अर्थ उनीहरूले प्रत्येक २ खेलमा ५ विकेट लिएका थिए । जुन दक्षिण अफ्रिका र वेस्ट इन्डिजपछिको उत्कृष्ट हो।

अर्शदीप सिंह लगातार दोस्रोपटक टी–२० विश्वकपमा भारतका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । यसपटक १७ विकेट लिए । पछिल्लो विश्वकपमा १० विकेट लिएका थिए । अर्शदीप यसपटक अलि महँगो साबित भए, तर उनले ८ खेलमा ७ विकेट लिए । अमेरिकाविरुद्ध ४ विकेट लिएर खेलको प्लेयर अफ द म्याच बने भने फाइनलमा मात्र २० रन दिएर २ विकेट लिए ।

प्लेयर अफ द टुर्नामेन्ट जसप्रित बुमराहले प्रतियोगितामा २९.४ ओभर बलिङ गरेर ४.१७ को इकोनोमीमा रन खर्च गरे । उनले ८ रन दिएर प्रत्येक १२औं बलमा एक विकेट लिए । फाइनलमा पनि उनले ४ ओभरमा १८ रन दिएर २ महत्वपूर्ण विकेट लिएका थिए । उनी आयरल्याण्ड र पाकिस्तान विरुद्धको खेलको प्लेयर अफ द म्याचसमेत बनेका थिए । योसँगै उनी टी–२० विश्वकपको इतिहासमा प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने पहिलो बलर बनेका छन् ।

फाइनलमा उत्कृष्ट बलिङ गरेका हार्दिक पाण्ड्याले दक्षिण अफ्रिका विरुद्धको पहिलो ओभरमा १० रन दिएका थिए । उनले त्यहाँबाट पुनरागमन गर्दै आफ्नो दोस्रो ओभरको पहिलो बलमा खतरनाक हेनरिक क्लासेनलाई प्याभिलियन पठाएका थिए । उनले फाइनलको अन्तिम ओभरमा १६ रनको रक्षा गर्दै भारतलाई जीत दिलाए। यसअघि उनले आयरल्याण्डविरुद्ध ३ र अमेरिका र पाकिस्तानविरुद्ध २–२ विकेट लिएका थिए ।

कुलदीप यादवले समूह चरणमा एउटै खेल खेल्न सकेनन् । कुलदीपले सुपर-८ बाट अवसर पाएका थिए ।  त्यसपछि उनले प्रत्येक खेलमा विकेट लिए । मात्र ४ खेल खेलेका उनले १० विकेट लिए ।

कुलदीपजस्तै अक्षर पनि सुपर-८ चरणमा बलिङ चम्के । अक्षरपटेल पनि अर्शदीपजस्तै अलि महँगो साबित भए, तर उनीजस्तै अक्षरले पनि ८ खेलममा ७ मा विकेट लिए ।

विराट कोहली र रोहित शर्माजस्तै ३५ वर्षीय अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । उनले अफगानिस्तान विरुद्धको खेलमा एकमात्र विकेट लिएका थिए । उनले दक्षिण अफ्रिका र अष्ट्रेलियाविरुद्ध १–१ ओभर मात्र बलिङ गर्न सकेका थिए ।

सिराजले समूह चरणका ३ खेलमा मौका पाएका थिए भने उनको स्थानमा कुलदीपले सुपर-८ चरणमा मौका पाएका थिए । सिराजले ३ खेलमा ५.१८ रनको इकोनोमीमा एक विकेट लिए । आयरल्यान्डविरुद्ध ३ ओभरमा १३ रन दिए, पाकिस्तानविरुद्ध ४ ओभरमा १९ रन दिए र अमेरिकाविरुद्ध ४ ओभरमा २५ रन मात्र दिए । भारतीय सञ्चार माध्यमहरूको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित