तपाईंको दोहोरो पासपोर्ट सम्बन्धमा महान्यायाधिवक्ताको निर्णयबारे सरकारको धारणा के हो ?
तपाईंको दोहोरो पासपोर्ट सम्बन्धमा महान्यायाधिवक्ताको निर्णयबारे सरकारको धारणा के हो ?
    • Bell Sanchar

    • १८ असार २०८१, सोमबार

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले दोहोरो पासपोर्ट सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे गृहमन्त्री रवि लामिछानेसँग सरकारको धारणा सोधेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद पौडेलले गृहमन्त्री लामिछानेलाई दोहोरो पासपोर्ट राख्नेबारे सरकारको धारणा माग गरेका हुन् ।

‘तपाईंको पासपोर्ट बारेमा महान्यायाधिवक्ताले गरेको निर्णय सम्बन्धमा सरकारको धारणा के छ ? पछिल्लो पल्ट सहकारी प्रकरणमा महान्यायाधिवक्ताले क्लिन चिट दिने संवैधानिक कानूनी प्रावधान कहाँ कस्तो छ ? सरकारले यसलाई नजिर मानेको हो ? होइन भने महान्यायाधिवक्तालाई पदीय आचरण अनुसारको कारबाही किन नगर्ने ?,’ सांसद पौडेलले सोधे ।

अमेरिकी र नेपाली दोहोरो राहदानी बोकेका लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उन्मुक्ति दिँदै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

जवाफमा मन्त्री लामिछानेले पौडेलले उठाएका दुवै विषय सम्मानित अदालतमा विचाराधीन विषय भन्दै संसद्‌मा जवाफ दिनु उचित नभएको बताए ।

गृहमन्त्रीको जवाफमा प्रश्नकर्ता सांसदलाई सभामुखले पूरक प्रश्न गर्न समय दिए ।

गृहमन्त्रीले अदालतको सम्मान गर्दै प्रश्नको जवाफ नदिएको भन्दै पौडेलले पनि अदालतको सम्मान गर्दै पूरक प्रश्न नगर्ने बताए ।

साताकाे चर्चित
सम्बन्धित