कांग्रेस सांसद खतिवडाको आशंका लगानी सहजीकरण विधेयकले गिरीबन्धुलाई सम्बोधन गर्नेमा
कांग्रेस सांसद खतिवडाको आशंका लगानी सहजीकरण विधेयकले गिरीबन्धुलाई सम्बोधन गर्नेमा
    • Bell Sanchar

    • १८ असार २०८१, सोमबार

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लगानी सहजीकरणसम्बन्धी विधेयकले गिरीबन्धु टी–इस्टेटलाई सम्बोधन गर्नेमा आशंका गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा लगानी सहजीकरणसम्बन्धी विधेयक माथिको दफावार छलफलमा भाग लिँदै सांसद खतिवडाले यस्तो आशंका गरेका हुन् ।

‘यो विधेयकमार्फत गिरीबन्धु टी–इस्टेटको बारेमा पनि विभिन्न बहानामा यसलाई सहुलियत हुने हो कि भन्ने एउटा म्यासेज बाहिर गएको छ ।

हामी चाहन्छौं, लगानी गर्ने वातावरण सिर्जना होस् । यसका नाममा नीतिगत रूपमा बदमासी भएका छन् भने कन्ट्रोल गरियोस्,’ उनले भने ।

गिरीबन्धु टी–इस्टेटको बारेमा सर्वोच्च अदालतले फैसला गरेको र कार्यान्वयन गर्न भनेको उल्लेख गर्दै उनले ख्याल गर्न सरकारलाई सुझाएका हुन् ।

साताकाे चर्चित
सम्बन्धित