जनकपुरधाम जलमग्न वर्षाले (तस्वीरहरू)
जनकपुरधाम जलमग्न वर्षाले (तस्वीरहरू)
    • Bell Sanchar

    • १८ असार २०८१, मंगलवार

जनकपुरधाम ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ ।

वर्षाले मधेश सरकारको प्रशासनिक तथा आवास रहेको मधेश भवन परिसर जलमग्न छ भने जनकपुरधामका अधिकांश सडक तथा गल्लीहरूमा पानी जमेको छ । बिहानसम्म जनकपुरधामको ‘सिक्स लेन’ सडकमा आधा पानी जमेको थियो ।

जनकपुरधाम केही सरकारी कार्यालयको साथै गहिरोमा रहेका घरहरूमा पानी जमेको छ । बाह्रबिघा मैदान पोखरीमा परिणत भएको छ ।

जनकपुरको जिरोमाइलस्थित फलमण्डिमा डेढ फिट गहिरो पानी जमेको छ ।

जनकपुर डुवान हुँदा जनजीवन प्रभावित भएको छ ।नालाहरू जाम हुनुका साथै उपयुक्त डिजाइन नगरी निर्माण भएका सडक तथा नालाको कारण जनकपुरधाममा पानी निकासमा समस्या छ ।

साताकाे चर्चित
सम्बन्धित