कांग्रेस पार्टी कार्यालयमा पुगे : केपी शर्मा ओली
कांग्रेस पार्टी कार्यालयमा पुगे : केपी शर्मा ओली
    • Bell Sanchar

    • १८ असार २०८१, मंगलवार

काठमाडाैं |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि मंगलबार दिउँसो ओली सानेपा पुगेका हुन् ।

ओलीलाई कांग्रेस नेताहरूले सानेपामा स्वागत गरेका थिए ।

सोमबार मात्र नेकपा एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएको थियो । सहमतिअनुसार ओली पहिलो कार्यकालको प्रधानमन्त्री बन्दैछन् ।

सानेपामा राजनीतिक परिवर्तनका गिरिजाप्रसाद कोइरालाको योगदानबारे प्रवचन कार्यक्रम छ ।

जहाँ, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले सम्बोधन गर्ने भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित