कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वेथिति विरुद्ध नेविसं र तरुणदलकाे आन्दोलन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वेथिति विरुद्ध नेविसं र तरुणदलकाे आन्दोलन
    • माेहन विक्रम शाही

    • १८ असार २०८१, मंगलवार

जुम्ला ।

जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे वेथिति र अनियमितता विरुद्ध नेविसंघ र तरुणदलका जुम्ला जिल्लाका संगठनले आन्दोलनकाे सुरुवात गरेकाछन। प्रतिष्ठानकाे सुधारकालागि रजिस्ट्रार र उपकुलपति समक्ष २२ बुदे माग राखेर जवाफका लागि ४८ घण्टाकाे अल्टिमेटम दीएकाछन।

अस्पतालकाे लापरबाहीले जटिल स्वास्थ समस्यामा परेका विरामिहरुकाे पालन पाेषण गर्न, ३ बर्षदेखि संचालनमा नआएकाे इन्डाेस्काेपि सेवा सुचारू गर्न,किड्नी डाईलासिस सेवा मन्त्री वाट वर्षाै अघि उद्घाटन गरिएपनि सुचारू नभएकाे, महिनाैं दखि भिडियो एक्सरे सेवा नदिएकाे,एम्बुलेन्स सेवा नभएकाे, ल्याव रिपोर्टमा विश्वसनीयता नभएकाे, विग्रीएका उपकरण वर्साै देखि मर्मत नगरेकाे, कर्मचारि मनपरि भर्ति गरेकाे र उपकुलपति तथा रजिस्ट्रार प्रत्यक्ष चुनाव प्रचारप्रसारमा लागेका र किर्ते तथा अपचलनकाे आराेप लागेकाले तत्काल राजिनामा लगायतका २२ बुदे माग राखेर नेविसंघ र तरुणदल आन्दोलनमा उत्रिएका हुन।

समस्या समाधानका लागि जुम्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरु जिल्ला समन्वय समितिकाे पहलमा छलफलमा जुटेकाछन। माग सम्वाेधन नभए कडा आन्दोलनमा उत्रिने नेपाली काँग्रेस जुम्लाका सचिव अर्जुन सिंह कठायतले वताएकाछन। साेमवार दलवल सहित प्रतिष्ठानकाे कार्यकक्षमा जवर्जस्ति प्रवेश गरेका काँग्रेस कार्यकर्ताहरुकाे प्रतिष्ठानका रजिस्ट्रार सँग भनाभन भएकाे थियाे।

प्रतिष्ठानका पदाधिकारी र उच्च ओहाेदाका कर्मचारीहरुले गरिरहेका भ्रष्टाचारका क्रियाकलाप जनमानसमा छताछुल्ल भईसकेकाले तत्काल माग सम्वाेधन नगरे ठुलै क्षति वेहाेर्नुपर्ने तरुणदल जुम्लाका अध्यक्ष हेम वुडथापाले चेतावनीसमेत दिएकाछन।

साताकाे चर्चित
सम्बन्धित