चितवन ।
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय पवनकुमार पासवान एबं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका –६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।
लुटपाटको मुख्य योजनाकार पबनसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोरोको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।