बाँदर नियन्त्रणको माग गर्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।
बाँदरले बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै किसानले गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् ।
बाँदर नियन्त्रणका लागि किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिएस्थानीय नेता दीपक कुमार यादवको नेतृत्वमा भेला भएका किसानहरुले मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् ।