एसईई उतिर्ण नभए पछि, कनकासुन्दरीकी एकछात्राले गरिन आत्महत्या
एसईई उतिर्ण नभए पछि, कनकासुन्दरीकी एकछात्राले गरिन आत्महत्या
    • उमेश बुढा

    • १९ असार २०८१, बुधबार

जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ झागोटेवाडाकी १६ वर्षीया कल्पना कार्कीले मङ्गलवार आत्महत्या गरेकी छन् ।

उनि मालिका माध्यमिक विद्यालय खिच्चनेबाट एसईई परिक्षामा सामेल भएर परिक्षा दिएकी हुन ।
बुवा नाता पर्ने रतन कार्कीका अनुसार छोरीले आफ्नो सुत्ने कोठाभित्र कडिमा दोपट्टाको पासो लगाई झुन्डिएर आत्महत्या गरेको देख्ना साथ गोठिज्युला प्रहरी चौकीलाई खबर गरेको हुँ भने , खबर पुग्ना साथ प्रहरीको टोली घटनामा पुगेको थियो ।

घरमा पाँच छोरी मध्येकी कान्छी छोरी हो । तर अरु सबै छोरीले एसईईमा राम्रो अङ्क ल्याएर उतिर्ण भएकी थिइन् । असार १४ गते एसईईको नतिजा प्रकाशन भए पछि छोरीले आफ्नो नतिजामा फेल भएको देखेपछि निरास भएकी थिई । छोरीले आत्महत्या गर्नु एसईईमा फेल भए पछि गरेकी बुवाले बताए ।

घटना स्थलमा प्रहरी चौकी गोठिज्युला र जिल्ला प्रहरी कार्यालयको टोली सोही स्थानमा पुगेर मुचुल्का बनाई शवलाई पोष्टमाडमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएको वडा अध्यक्ष तेज वहादुर जिसीले जानकारी दिनु भयो ।

साताकाे चर्चित
सम्बन्धित