एक घर एक धारो बन्दा देयारगाउँवासी खुसी
एक घर एक धारो बन्दा देयारगाउँवासी खुसी
    • उमेश बुढा

    • १९ असार २०८१, बुधबार

 जुम्ला ।

हिमा गाउँपालिकाले सबै नागरिकलाई स्वच्छ पानी पुगाउने अभियानका सफलता हात पार्दै गएको छ। त्यसै गरि हिमा (१ देयारगाउँमा स्वच्छ पानीका ७० वटा नयाँ धारा सम्पन्न भएका छन् । देयारगाउँ खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत देयार गाउँका ७० घरमा नयाँ धारा बनेका छन् । हिमा गाउँपालिकाको देयारगाउँका ७० घरमा एक घर एक धाराको निर्माण कार्य सम्पन्न भए पछि । पानी पुग्ने धाराको उद्घाटन हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले गरेका हुन।

इन्लाइन क्लोरेसन प्रविधि जडान गरि धारामा सुद्धिकरण भई पानी आउने व्यवस्था मिलाइएको हुनाले हिमाबासीको शुद्ध , स्वच्छ र सफा खानेपानीमा पहुँच विस्तार हुँदै गर्दा शनिबार मर्चीबासीले स्वच्छ खानेपानी पाएको अध्यक्ष शाहीको भनाई छ। ‘हिमा गाउँपालिकाका प्रत्येक घरधुरिमा खानेपानी पुर्‍याउने लक्ष्य अन्तर्गत देयार गाउँमा खानेपानी घारा उद्‌घाटन गरिएको छ।

स्थानीय सरकारले हाम्रो घर घरमा खानेपानीका धारा पुर्‍याउँदा हामी खुसी भएको देयारगाउँ वासीले बताए । सबैका लागि दिगो खानेपानी तथा सरसफाई आयोजना ९सुस्वा० द्वारा आयोजनाको निर्माण सम्पन्न भएको हो। जसमा नेपाल सरकार , युरोपियन युनियन, फिनल्यान्ड सरकार र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा धारा निर्माण गरिएको हिमा गाउँपालिका सुस्वा परियोजनाकी वास संयोजक सुमिता शाहीले बताइन्।

उनले भनिन्, ‘सुस्वा आयोजनाको दिर्घकालीन लक्ष्य अन्तर्गत हिमा गाउँपालिका भित्रका प्रत्येक नागरिकलाई इन्लाइन क्लोरेसन सहितको स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउने हो।’ हिमा सरकारले नागरिकलाई शुद्ध  सफा स्वच्छ खानेपानीको नागरिकलाई पहुँचमा राख्ने लक्ष्य लिएको छ ।

अझै हिमामा केहि गाउँ घरहरुमा धारा बन्न बाँकी छन् । बाँकी रहेका गाउँहरुमा पनि एक घर एक धारा बनाउन लागि पर्ने हिमा गाउँपालिकाले जनाएको छ । हिमा गाउँपालिका , सुस्वा लगायतको ठुलो पर्‍यासले वडन नम्बर १ मा पनि घरघरै धारा बनाएकोमा सहयोग गर्नु हुने सम्पूर्णलाई वडा अध्यक्ष रतन शाहीले धन्यवाद दिनु भयो । विगत केहि वर्ष अगाडि हिमा गाउँपालिकाका नागरिक कुला, खोला, नाउला र गाउँमा पायक पर्ने ठाउँबाट पानी बोकेर खाने गरेका थिए ।

पछिल्लो समयमा स्थानीय सरकार भए देखि वा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही निर्वनचित भए पछि त्यहाँका नागरिकलाई घर घरमा खानेपानी शाहीले पुर्‍याउँदै आएकन छन् । नागरिकका गाउँ गाउँका समस्यालाई मध्ये नजर उनिहरुका आवश्यकतालाई पुरा गर्न हिमा सरकार लागि परेको छ ।

साताकाे चर्चित
सम्बन्धित