काठमाडौँ ।
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ ।संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अहिलेका लागि सिफारिसिबारे विचार विमर्शका लागि थप समय चाहिने देखिएको ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।उनले अब कहिले सुनुवाइ हुने भन्ने टुङ्गो नलागेको पनि बताए ।
‘अहिलेका लागि विचार विमर्शका लागि थप समय चाहिने भएकाले सुनुवाइ स्थगित भएको छ’, उनले भने, ‘थप समय लिने भन्ने निर्णय बैठकले गरेको छ । कति समय भन्नेचाहिँ छैन ।’प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधान आयुक्तमा सिफारिस भएका थिए । तर, उनको सिफारिस विवादमा तानिएको छ ।