कतिमा हुँदै छ कारोबार ,सुनको भाउ थप बढ्यो
कतिमा हुँदै छ कारोबार ,सुनको भाउ थप बढ्यो
    • बेल संचार

    • २१ असार २०८१, शुक्रबार

काठमाडौँ ।

नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार थप एक सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लाे दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित