एक्सको विकल्पमा ल्याइएको एप बन्द भारतमा
एक्सको विकल्पमा ल्याइएको एप बन्द भारतमा
    • Bell Sanchar

    • २१ असार २०८१, शुक्रबार

नयाँ दिल्ली ।

भारतले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)को विकल्पमा ल्याएको एप बन्द हुने भएको छ ।

भारतीय माइक्रोब्लगिङ वेबसाइट कूले बिहीबार आफ्नो सेवाहरू बन्द गर्ने घोषणा गरेपछि यसका लाखौँ प्रयोगकर्ताहरू अलमलमा परेका छन् ।

पैसाको अभाव अनि प्रविधिको लागि उच्च खर्चका कारण धन्न नसक्ने भएर सेवा बन्द गर्न लागिएको कूका संस्थापकहरूले बताएका छन् । कूलाई सन् २०२० मा १० भन्दा बढी भारतीय भाषाहरूमा लञ्च गरिएको थियो ।

एक्स र भारत सरकारबीचको विवादबीच कयौं मन्त्रीहरुले यो एपलाई समर्थन गरेपछि सन् २०२१ यता भारतीय प्रयोगकर्ताहरूमाझ यो लोकप्रिय बन्दै आएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले झुटा खबरहरू फैलाइरहेका पत्रकार, समाचार संस्था र प्रतिपक्ष दलका केही नेताहरूसमेतको एकाउन्ट बन्द गर्न एक्सलाई अनुरोध गरेका थिए ।

शुरुमा एक्सले सरकारको कुरा मानेपनि अपर्याप्त स्पष्टीकरण भन्दै खाता रिस्टोर गरेको थियो । यस घटनापछि सरकारले भारतमा रहेका कम्पनीका कर्मचारीहरू विरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित