काठमाडौँ ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रहने–नरहने विषयमा आज निर्णय गर्दै छ ।
आज दिउँसो बस्ने पदाधिकारीको बैठकले सरकारबारे निर्णय गर्ने जसपाका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘वर्तमान नयाँ गठबन्धनप्रति जसपा सकारात्मक छ तर त्यसको आधिकारिक निर्णय नभएसम्म केही भन्न सकिँदैन ।’