कर्णाली प्रदेशको बजेट पारित
कर्णाली प्रदेशको बजेट पारित
    • Bell Sanchar

    • २१ असार २०८१, शुक्रबार

 सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट सर्वसम्मत पारित भएको हो । बैठकमा बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटमाथि असन्तुष्टि जनाउँदै संसदसमेत अवरुद्ध गर्दै आएको थियो ।

कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले ९ बुँदे सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात मात्रै मन्त्रालयगत बजेटमाथि छलफल हुन सकेको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।

जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात् २४.१२ प्रतिशत छ ।

वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित