पिकफोर्डको पानीको बोतल ‘नायक’ इंग्ल्यान्डको जितमा
पिकफोर्डको पानीको बोतल ‘नायक’ इंग्ल्यान्डको जितमा
    • बेल संचार

    • २३ असार २०८१, आईतवार

म्युनिख ।

स्विट्जरल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा इंग्ल्यान्डलाई जित दिलाउन गोलकिपर जोर्डन पिकफोर्ड र उनको पानीको बोतलले प्रमुख भूमिका खेलेको थियो ।

पेनाल्टी सुटआउटमा म्यानचेस्टर सिटीका डिफेन्डर म्यानुअल अकान्जीले स्विट्जरल्यान्डका लागि पहिलो पेनाल्टी प्रहार गरेका थिए । तर, उनले पिकफोर्डविरुद्ध गोल गर्न सकेनन् ।

एभर्टनका गोलकिपरले अकान्जीको प्रहारलाई पूर्वानुमान गर्दै पेनाल्टी जोगाए । उक्त मिस नै खेलमा निर्णायक बन्यो । इंग्ल्यान्डले टाइ–ब्रेकर ५–३ गोलले जित्यो ।

खेलपछि पिकफोर्डको पानीको बोतल इन्टरनेटमा भाइरल बनेको छ । बोतलमा विपक्षी खेलाडीको पेनाल्टी लिने तरिका र पेनाल्टी रोक्ने निर्देशन लेखिएको देखिएको छ ।

बोतलमा अकान्जीको नाममा ‘देब्रेतिर डाइभ गर्नु’ भनेर लेखिएको छ । यो पूर्वानुमान सही साबित भयो र उनले देब्रेतिर डाइभ गर्दै अकान्जीको प्रहार रोक्न सफल भए ।

साताकाे चर्चित
सम्बन्धित