विराटनगर ।
सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको छ । ब्यारेजको क्षमता ४ लाख क्युसेक पानीको बहाव थाम्न सक्छ । त्यसभन्दा माथिल्लो तहमा पानीको सतह पुगेमा खतरा मानिने गरेको छ ।