तोलामा १ लाख ४५ हजार नाघ्यो सुनको मूल्य
तोलामा १ लाख ४५ हजार नाघ्यो सुनको मूल्य
    • Bell Sanchar

    • २३ असार २०८१, आईतवार

काठमाडौँ ।

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो । जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित