अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोमा परी ७४ जनाको मृत्यु
अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोमा परी ७४ जनाको मृत्यु
    • बेल संचार

    • २४ असार २०८१, सोमबार

 काठमाडौं ।

नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठयता प्राकृतिक विपद्‌मा परी ७४ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

विपद्‌मा परी कोशी प्रदेशमा १८ जना, मधेशमा ३, बागमतीमा ५, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनाको मृत्यु भएको हो ।

प्राकृतिक विपद्‌मा परी ८८ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ । ५३ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२८ जेठयता विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन् ।

यो अवधिमा बाढीको कारण १६१ घर डुबानमा परेका छन् । ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ३३५ वटा पशु चौपायाको मृत्यु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित