सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
    • Bell Sanchar

    • २५ असार २०८१, मंगलवार

काठमाडाैं । 

सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज भने एक लाख ४३ हजार चार सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँचले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ८५ निर्धारण भएको छ ।

साताकाे चर्चित
सम्बन्धित