अब घण्टौं कुर्नु पर्दैन, सिँजामा बने घरघरमा धारा
अब घण्टौं कुर्नु पर्दैन, सिँजामा बने घरघरमा धारा
    • उमेश बुढा

    • २५ असार २०८१, मंगलवार

जुम्ला ।

सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना  (सुस्वा) र सिँजा गाउँपालिकाको साझेदारीतामा वडा नम्बर ३ को धिताललिही, फार्सेवाडा र नराकोट बजारमा एक घर एक धारा बनेका छन् ।

आर्थिक वर्ष २०८० र ०८१ सुस्वाको २ करोड १८ लाख र ८० लाख सिँजा गाउँपालिकाको बजेट २ सय ७ घरमा खानेपानीका धारा निर्माण भएको सुस्वा वास संयोजक मन्जू थापाले जानकारी दिनु भएको छ ।

थापाका अनुसार सिँजा गाउँपालिकाको वडा नम्बर ३ मा धिताललिही खानेपानी आयोजनाले धिताललिही गाउँमा ७७ वटा खानेपानीका धारा निर्माण कार्य सम्पन्न भइसकेका छन् । भने, फार्सेवाडा पनेरु छडा नराकोट बजार खानेपानी आयोजनाले फार्सेवाडा र नराकोट बजारमा १ सय ३० खानेपानीका धारा निर्माण भएर सम्पन्न गरेको छ ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिलालका अनुसार वडा नम्बर ३ का केहि गाउँ र बजारमा पहिलो पटक एक घर एक खानेपानीका धारा बनेका छौं । अब पालिका भरी क्रमश एक घर एक धारो बनाउने लक्ष्य राखेका छौ । सिँजाका नागरिकलाई स्वच्छ, सफा शुद्ध खानेपानीको पहुँचमा राख्नको लागि सुस्वा र सिँजा गाउँपालिका लागि परेको अध्यक्ष धितालले बताए।

यस भन्दा पहिले मुख्य गरेर नराकोट बजारमा खानेपानीको समस्या रहेको थियो । बजार भरि एउटा धारोमा लाइन लागेर घण्टौ कुर्नु पर्ने बाँध्यता थियो । अन्य खानेपानीका श्रोत यस बजारमा थिएनन् । कित हिमा नदीमा जानु पर्ने कित बजारदेखि टाढा नाउलाको पानी खानु पर्ने हुन्थ्यो । अहिले सुस्वाले एक घर एक धारा बनाउने योजना ल्याएर पालिकासँग साझेदारी गरेर धारा निर्माण गरि सम्पन्न पारेर यहाँका नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी खुवाउन पुगेकोमा सुस्वालाई अध्यक्ष धितालले धन्यवाद दिनु भयो ।

जुम्ला निर्वाचन क्षेत्र ख को मुख्य बिन्दु सिँजा गाउँपालिकाको नराकोट बजार रहेको छ । यस बजारमा सरकारी तथा गैरसरकारी कार्यालय र सिँजा गाउँपालिकाको कार्यालय रहेको बजारमा एकघर एक धाराहरु भने पछि यहाँका नागरिकहरु निकै खुसी भएका छन् ।

सिँजा गाउँपालिकाको वडा नम्बर ३ मा खानेपानीका धारा निर्माण गरेर घरघरमा कलकल गरि खानेपानीका धारा आएका छन् । त्यस्तै गरि वडा नम्बर ४ को शान्ति आधारभूत विद्यालय गोठीपिंगीमा शौचालय निर्माण , वडा नम्बर ५ को जनता आधारभूत विद्यालय शनिगाँउमा पनि शौचालय निर्माण र वडा नम्बर १ को कुलदेव आधारभूत विद्यालय प्याकुरेवाडामा पनि सुस्वाले शौचालय बनाएको छ ।

सुस्वाले भौतिक विकाससँगै सरसफाई सम्बन्धि यहाँका नागरिकलाई जनचेतनामूलक कार्य गरेर सचेतना जोगाएको छ । अब सिँजा गाउँपालिकामा बनेका खानेपानीका धाराको उद्घाटन गरेर समुदायलाई हस्तान्तरण गर्नु मात्र बाँकी रहेको छ । अन्य सबै काम सम्पन्न भइसकेको छ ।

सुस्वाले गरेका विकासका कार्य जस्तै स् अन्य निकायले पनि गरेमा सिँजालाई सम्वृधिमा टेवा पुग्ने देखिन्छ ।

साताकाे चर्चित
सम्बन्धित