जुम्ला ।
सिँजा गाउँपालिका कर्मचारी र जनप्रतिनिधिको मिलोमत्तोमा जुम्लामा रहेको मालिका कम्प्यूटर इन्स्टिच्युट प्रणालीलाई कामै नगरी रु १० लाखको भुक्तानी दिइएको छ ।
संघीय बजेट बाट देशका ७ सय ५३ वटै पालिकामा यो कार्यक्रममा संघीय सरकारको बजेट दिएको छ । तर जुम्लाको सिँजा गाउँपालिकामा वैकल्पिक उर्जा सोलार खरिद नगरि सिँजाका नागरिकहरुले सोलार पाएका छैनन् । तर मालिका कम्प्यूटर इन्स्टिच्युटलाई कामै नगरि भुक्तानी दिएको सिँजा ५ का स्थानीयले बेल संचारलाई जानकारी दिएका ।
वैकल्पिक उर्जा सोलार खरिदमा चरम भ्रष्टाचार
एक स्थानीयका अनुसार सिँजा गाउँपालिकाले २०८१ साल असार ६ गते दरभाउ पत्र पेश गर्ने सम्बन्धि सूचना प्रकाशन गरेको थियो । सूचनाको समय असार १२ गते समाप्त भएको हो । तर असार १३ गते मालिका कम्प्युटर इन्स्टिच्युटलाई दर्ता गराई सम्बन्धित खरिद पक्ष लगायत गाउँपालिका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाही, योजना तथा स्टोर साखा प्रमुख पदम भण्डारी, लेखापाल गौरिकान्त चौलागाईं र गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल लगायतको मिलोमतोमा असार २१ गते कोटेशनको मूल्यांकन गरि मालिका कम्युटर इन्स्टिच्युटलाई खरिद आदेश दिएको तर यहि असार २५ गतेसम्म पनि गाउँपालिकामा सामान उपलब्धि नगराई भुक्तानी चेक काटेको स्थानियले बताएका छन् । यसरि मिलोमत्तोमा गरेको अनियमिता, भ्रष्टचारलाई पालिकाले सत्य तथ्य सहि निसाब नगरे कानुन बमोजिम अगाडि बढ्ने स्थानीयको भनाई रहेको छ ।
मिति २०८१ साल असार ६ गते दरभाउ पत्र पेश गर्ने सम्बन्धि सिँजा गाउँपालिकाले सूचना प्रकाशन गरेको थियो । उक्त पत्रमा सिँजा गाउँपालिकाको निर्णय अनुसार सिँजा गाउँपालिकाको लागि १०० वाटका सोलार लाइट आवश्यक परेकाले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र घटीघटाउमा सामान उपलब्ध गराउन इच्छुक आर्पूती कर्ता कम्पनी वा फर्महरुले दरभाउ पत्र पेश गर्नको लागि सूचनामा उल्लेख गरिएको छ ।
सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालका अनुसार सोलार ल्याउने निर्णय कार्यपालिकाले गरेको हो । तर सामान आएको छ वा छैन मलाई थाहाँ नभएको अध्यक्ष धितालले भने, भुक्तानी दिएको पनि मलाई थाँहा छैन ।
यहि २५ गते रिपोर्टिङको लागि यो विषय सम्बन्धि सत्यतथ्य के हो । भन्ने विषय सम्बन्धि सिँजा गाउँपालिकामा बेल संचार समवाददाता उमेश बुढा पालिकामा दिनभर लेखापाल गौरिकान्त चौलागाईं र अधिकृत शाहीको कार्य कक्षमा गएर कुरि रहँदा कर्मचारी कार्य कक्षमा नआए पछि । लेखापाल र अधिकृतको फोनमा सम्पर्क गर्दा फोन पनि लागि रहेको थिएन् ।मोबाइल दुबै जनाको सुइज अफ भने पछि उहाँको भनाई समेट्न सकिएको छैन ।
सिँजा गाउँपालिका कर्मचारीको मिलोमतोमा उपभोक्तासँग कमिशन खाने प्रवृतिले कामै नगरि वा सामानै सम्बन्धि ठाउँमा नपुगि सेवा पाउने नागरिकहरुले सेवा नपाउँदै बिचैमा भुक्तानी दिने कमिशन खाने गरेर नीतिगत भ्रष्टाचार गरेको बुझन आएको छ।
जनताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा तिरेको करको पैसा राज्यको भौतिक विकाससँगै जनताको जीवनमा सुधार ल्याउनको लागि तिरेको करको पैसा सिँजा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुले दुरुपयोग गरेका छन् । सिँजा गाउँपालिकाको कार्यालयमा सोलार कुनै गाउँठाउँमा नागरिकले पाएका छैनन् । कसरी लेखापाल चौलागाईं र अधिकृत शाहीले भुक्तानी मालिका फर्मलाई दिएका हुन ।
पालिकाको अध्यक्ष जस्तो पदमा भएका व्यक्ति धिलालले सोलार आएको छ वा छैन भुक्तानी दिएको नदिएकै मलाई यो विषय सम्बन्धि केहि थाहाँ छैन । भन्नु भनेको उनको पनि यसमा मिलोमत्तो भएको बुझिन्छ । पालिका अध्यक्षले निर्णय गरेको कामको आफैलाई थाहाँ छैन भन्नु लाज मर्दो कुरो हो ।
श्रोतका अनुसार असार १२ गते ३ वटा कोटेशन परेका थिए । परेका व्यक्तिहरुका फर्मको मूल्यांकन नगरि एकासी जुम्लाको मालिका कम्युटर इन्स्टिच्युटलाई गोप्पेरुपमा दर्ता गराई अरु कसैको कोटेशनको फर्म परेको छैन । भनि मालिका प्रणालीलाई सिँजा गाउँपालिका कर्मचारीको सेटिङ्गमा दिएको बुझ्न आएको छ ।
नियम विपरीत कार्य गरेर आफ्नो चाहेको मान्छेलाई कोटेशन दिने कर्मचारी र कानुनको अधिनमा रहेर काम गरेका छौं । भन्ने पालिका कर्मचारीले सिँजा गाउँपालिकामा कामै नगरि भुक्तानी दिएको खुलासा भएको छ ।