केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिएपछि प्रदेश कमिटीले स्थानीय तहलाई र जिल्ला कमिटीले वडालाई आधार बनाएर नेताहरुको कार्यविभाजन गर्ने उपमहासचिव ज्ञवालीले बताए ।
‘अब प्रदेशले आफ्ना सदस्यको कार्यविभाजन गर्दा पालिकालाई आधार बनाउनेछ, जिल्लाले वडालाई आधार बनाउनेछ, पालिकाले कार्यविभाजनको आधार टोललाई बनाउनेछ र टोल कमिटीले त्यो टोलभित्र रहेको प्रत्येक घरको हिसाबले कार्यविभाजन गर्ने गरी मापदण्ड निर्धारण गरेका छौं’, उपमहासचिव ज्ञवालीले भने ।
त्यस्तै साउन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमणीकरण गरिसक्न एमालेले जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
हालसम्म अधिवेशन हुन नसकेका ११ वटा जिल्ला कमिटीलाई कात्तिकभित्र अधिवेशन गरिसक्ने निर्देशन दिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन २० प्रतिशत सदस्य मनोनयन गर्न र सचिवालय समिति बनाउन पाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।
सचिवालय बैठकले पार्टीको सहकारी तथा गरिबी निवारण विभागको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिएको छ । त्यस्तै भूमि व्यवस्था विभागमा सचिवको जिम्मेवारी विजय सुवेदीलाई दिइएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।