सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
    • Bell Sanchar

    • २६ असार २०८१, बुधबार

काठमाडाैं ।

बुधबार स्थानीय बजारमा सुनको कारोबार मङ्गलबारकै मूल्यमा भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको हो ।

यसैगरी, तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ ।

चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ ।

मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित