काठमाडाैं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (मंगलबार) ७०.१८ अंकले बढेको छ ।
अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ को बिन्दुमा पुगेको हो ।
यो पछिल्लो २३ महिनायताकै उच्च हो । यसअघि २०७९ वैशाख २९ गते नेप्से २३५० विन्दुमा पुगेको थियो ।
आज दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको जनाएको छ ।
५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको पनि नेप्सेले जनाएको छ ।
सोमबार भने नेप्से १७.१८ अंकले घटेको थियो । सोमबार दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो ।