काठमाडाैं।
प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरूले उठाएको प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।
बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।
स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।
बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तो छ सम्भावित कार्यसूची