फूलबारीमा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले गरे भ्रमण
फूलबारीमा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले गरे भ्रमण
    • बेल संचार

    • ९ श्रावण २०८१, बुधबार

बुटवल ।

लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी)मा एक वर्षको अवधिमा साढे ५ लाख पर्यटकले भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख ४९ हजार ३९४ पर्यटकले टिकट काटेर फूलबारी दर्शन गरेका हुन् ।

जसमध्ये १० प्रतिशत भारतीय पर्यटकहरू छन् । जसबाट फूलबारीले ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपैयाँ आम्दानी गरेको उद्यानका महासचिव युवराज घिमिरेले जानकारी दिए ।

फूलबारीले बुटिक पार्कका रूपमा विकास गर्ने योजना अघि सारिएको घिमिरेले बताए । ‘यसलाई अझै व्यवस्थित र पूर्वाधार थपेर जियोलोजिकल रिसर्च सेन्टरको रूपमा विकास गर्ने योजना छ,’ घिमिरेले भने, ‘पार्कलाई विकास गर्दै फूलबारीलाई आगामी १५ वर्षमा बुटिक पार्कको रूपमा विकास हुनेछ ।’
दरबार संग्रहालय निर्माणको शुरूआत, नमूना मणिमुकुन्द सेन दरबार एंव संग्रहालय निर्माणको लागि सरकारसँग आवश्यक समन्व्य जारी राख्ने दीर्घकालीन योजना अघि सारिएको छ ।उद्यानका अध्यक्ष माधव नेपालले पौडी पोखरी, सूचना केन्द्र विभिन्न सौन्दर्यकरणको योजना अघि सारिएको बताए । संघका पूर्वअध्यक्ष खेमप्रसाद लुइटेलले अझै परिस्कृत गर्न सकेमा फूलबारीलाई विकास गर्न सकिने बताए ।

बुटवलमा दुई वटा पर्यटकीयक पूर्वाधार केवलकारहरू थपिएका छन् । एनिमल कर्नर विस्तार गर्ने र थप जनावर पनि थप गर्ने फूलबारीको योजना छ ।
केबलकार चढ्न आउने पर्यटकलाई फूलबारी ल्याउन सकेमा अझै बुटवल गुन्जार हुन सक्छ । त्यस्तै फुलबारीको काखैमा रहेको जितगढी किल्लासँग पनि उद्यानलाई जोडेर विकास गर्न आवश्यक रहेको विभिन्न सरोकारवालाहरूले जोड छ ।

साताकाे चर्चित
सम्बन्धित