प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगे
प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगे
    • बेल संचार

    • ९ श्रावण २०८१, बुधबार

काठमाडौं ।

प्रधानमन्त्री ओली जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् ।

उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका थिए ।

बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घाइते भएका पाइलटको उपचार भइरहेको छ । विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित