यती एयरलाइन्सका पाइलट र कोपाइलटको गम्भीर लापरबाही ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक
यती एयरलाइन्सका पाइलट र कोपाइलटको गम्भीर लापरबाही ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक
    • बेल संचार

    • १७ श्रावण २०८१, बिहीबार

काठमाडौं

यती एयरलाइन्सका पाइलट र कोपाइलटले ७२ यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठूलो दुर्घटना भई मानवीय क्षति भएको खुलासा भएको छ। २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएपछि सो तथ्य बाहिरिएको हो।

७२ जनालाई प्रयोगशाला बनाएको दुर्घटनामा परी मृत्यु भएका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबीच जहाज दुर्घटना हुनुपूर्व भएको कुराकानीको अडियो सार्वजनिक भएसँगै उनीहरूको लापरबाही नै दुर्घटनाको कारण भएको पाइएको हो।

विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो। जसमा कोपाइलटबाट पाइलट बनाउँदा मापदण्ड पूरा गरे पनि ७२ जनाको ज्यान धरापमा पार्ने गरी परीक्षण गर्न अनुमति दिनु नै गलत भन्ने देखिएको छ।

दुर्घटनाको समयमा पाइलट र कोपाइलट बीच भएको कुराकारी सार्वजनिक भएको अडियोको संवादलाई लिएर सांसद्देखि सरकारसम्मको ध्यानाकर्षण गरेको छ। अडियोमा पाइलट केसीले कोपाइलट खतिवडालाई सबै कन्ट्रोल जिम्मेवारी दिएर आफूले निर्देशन मात्रै दिएको सुनिएको छ। संवादमा कोपाइलट अञ्जुसँग जहाज चलाउने सामान्य जानकारी पनि नभएको जसरी संवाद भएको छ। यसबाट कोपाइलटबाट पाइलटका लागि चाहिने योग्यतामाथि नै प्रश्न खडा भएको छ। नेपाल समाचारपत्रले खबर छापेको छ ।

साताकाे चर्चित
सम्बन्धित