राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा संस्कृति र पहिचान झल्कने पहिरन लगाउन पाइने
राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा संस्कृति र पहिचान झल्कने पहिरन लगाउन पाइने
    • बेल संचार

    • १७ श्रावण २०८१, बिहीबार

काठमाडाैं। 

अब राष्ट्रिय परिचयपत्रमा आफ्नो धार्मिक, सांस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न पाइने भएको छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो।राष्ट्रिय परिचयपत्रको लागि फोटा खिचाउँदा टोपी, सिन्दूर, पोते र टिकासमेत हटाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले यसअघिको व्यवस्था संशोधन गर्दै मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशनसमेत दिएको छ ।

यस्तो छ विभागको निर्देशन

null

साताकाे चर्चित
सम्बन्धित