कञ्चनपुर ।
कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह बिहीवार उखुबारीमा मृत फेला परेकी हुन् ।
‘खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ,’ उनले भने । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।
मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ ।
यसैगरी मङ्गलवार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउद घाइते भएकी थिइन् ।