काठमाडाैं ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् । अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।
गत असार २० गते नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि सोडारीले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो ।