जुम्ला ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालकै गाउँमा खानेपानीको ट्याङ्की तोड्फोड गरियको छ ।
सिँजा गाउँपालिका वडा नम्बर ३ धिताललिही गाउँ खानेपानीको ट्याङ्की बुधबार राति तोड्फोड भएको हो । तर तोड्फोड गर्ने व्यक्ति भने पत्ता लागेन छैन ।
आर्थिक वर्ष २०८० र ८१ को बजेटले सुस्वा संस्था र सिँजा गाउँपालिकाको साझेदारीमा ६६ लाखले धिताललिही गाउँमा एक घर एक धारो सम्पन्न गराई सुस्वाले समुदायलाई हस्तान्तरण गरेको थियो । उक्त खानेपानीको ट्याङ्की अहिले तोड्फोड गरिएको छ ।
धिताललिही गाउँ वासीले हिमा गाउँपालिका वडा नम्बर १ आचार्यलिही गाउँका मानिसहरुलाई खानेपानीको ट्याङ्की तोड्फोड गरेको आरोप लगाएका छन् । आरोप मात्र नभई उनिहरुलाई नाम समेत किटानी गरेर प्रहरी चौकी नराकोटमा बिहिवार निवेदन समेत दिएको धिताललिही खानेपानी योजनाका अध्यक्ष इन्द्रलाल धितालले बताए ।
आचार्यलिही गाउँका नन्दलाल आचार्य र राजेन्द्र आचार्य लगायतका ६ जना व्यक्तिको योजनामा खानेपानीको ट्याङ्की फुटालेको हो । भनेर प्रहरी चौकी नराकोटमा धिताललिही गाउँवासीले निवेदन दियका थिए। उक्त निवेदन अनुसार दुबै पक्षलाई प्रहरी चौकीमा बोलाएर छलफल गर्दा आचार्यलिहीले खानेपानीको ट्याङ्की तोडफोड गरेको हो । भनेर कसले देख्यो ? घन सबल लिएर फुटाल्दै गरेको फोटो भिडियो कसले गरेको छ ? तोडफोड गरेको प्रमाण के छ देखाउनु ?” अनि मात्र आचार्यलिहीका मानिसले तोडफोड गरेको हो भन्न मिल्छ । कसरी हामीलाई कमान गरेर तोडफोड गरेको भनेर प्रहरी चौकी नराकोटमा मुद्दा दिनु भयो ? नन्दलाल आचार्यले भन्नु भयो ।
सङ्का गरेर हामीलाई तोडफोड गरेको आरोप लगाउन मिल्दैन , तोडफोड गरेको प्रमाण देखाऊ भन्दा धिताललिही गाउँका मानिसले प्रमाण देखाउन सकेनन् ।
धिताललिही गाउँका समाजसेवी गगने रोकायाका अनुसार आचार्यलिहीका मानिसले खानेपानीको ट्याङ्की तोडफोड गरेको प्रमाण त धिताललिहीसँग छैन । तर धेरै पहिले देखि धिताललिही र आचार्यलिही गाउँ बिच खानेपानी सम्बन्धि विवाद हुँदै गर्दा अदालतमा मुद्दा समेत परेको थियो । अदालतले मुद्दा खारेजीको फैसला समेत गरेको छ । खानेपानीको ट्याङ्की तोडफोड गरेको हामीले जुन व्यक्तिको नाममा प्रहरी चौकी नराकोटमा नाम किटानी गरेर निवेदन दिएका छौं। ति व्यक्ति सबै समाजसेवी हुन त्यसैले छलफल बहसमा सहज हुने र केहि निष्कर्ष आउँछ कि भनेर यि व्यक्तिको नाम जोडेका हौं । खासै आचार्यलिहीका मानिसले खानेपानीको ट्याङ्की तोडफोड गरेको हामीसँग कुनै प्रमाण छैन् रोकायाले बताउनु भयो ।
यस भन्दा पहिले पनि यो ठाउँमा खानेपानीका पाइप जलाएको, काटेको तोडफोड गरिएको थियो फेरि अहिले पनि खानेपानीको ट्याङ्की तोडफोड भएको छ । खानेपानीको ट्याङ्की किरिन्देव भन्ने ठाउँमा धिताललिहीको भोक चलन गर्दै आएको जमिन छ । त्यो ठाउँबाट खानेपानी धिताललिहीले ल्याएको हो । ट्याङ्की फुटे पछि अहिले फुटाशिली आधारभुत विद्यालय र धिताललिही गाउँका ६६ घरधुरीमा खानेपानीका धारा बन्द भएका छन् । धिताललिही गाउँका मानिस अहिले पुरानै धाराको पानी खाइरहेका छन् ।
आचार्यलिही गाउँ वासि भन्छन् , हामीले खानेपानीको ट्याङ्की ताडफोड गरेका हैनौ , प्रमाण देखाऊ त्यतिकै दोष आरोप लगाउन पाइदैन । आचार्यलिही गाउँलेको पहिले गरेको गतिविधिका कारणले हामीले दोष लगाएका हौं । हामीसँग आचार्यलिहीले खानेपानीको ट्याङ्की तोडफोड गरेको प्रमाण खासै छैन, धिताललिही वासिहरुको भनाई छ ।
दुबै पक्ष बिच प्रहरी चौकी नराकोटमा बसेको बैठकले कुनै टुङ्गो लगाउन सकेको छैन । नराकोट बजारमा आचार्यलिहीका युवा पलाइबेड ल्याउन आएका व्यक्तिलाई बाटोमै खानेपानीको ट्याङ्की किन फुटालेको भनेर धिताललिही गाउँका मन प्रसाद धितालले हातपात गरेको भनेर पनि प्रहरी चौकीमा निवेदन दिएका छन् ।
खानेपानीको ट्याङ्की बनाउँदै गर्दा त्यहाँबाट पानी नल्याउनु होस् भनेर सुस्वा संस्था र सिँजा गाउँपालिकामा आचार्यलिही गाउँले दुई पटक निवेदन दिदा पनि यिनिहरुले वास्ता नगरेको आचार्यलिही बासीहरुको भनाई रहेको छ ।