काठमाडौं ।
प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए ।
गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको उनले बताए । उनीहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।