नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप र दीपेन्द्र आवद्ध भ्यानकुभरको पहिलो जीत
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप र दीपेन्द्र आवद्ध भ्यानकुभरको पहिलो जीत
    • बेल संचार

    • २१ श्रावण २०८१, सोमबार

काठमाडाैं।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भ्यानकुभर नाइट्सले ग्लोबल टी-२० क्यानडामा पहिलो जीत दर्ता गरेको छ ।

आइतबार भएको खेलमा भ्यानकुभरले मोन्ट्रेयाल टाइगर्सलाई ५ विकेटले पराजित गरेको हो ।

टाइगर्सले दिएको ११० रनको लक्ष्य भ्यानकुभरले आठ बल बाँकी छँदै पाँच विकेट गुमाएर भेट्टायो ।

भ्यानकुभरका रिजा हेन्ड्रिक्स ३९, कप्तान उस्मान ख्वाज ३१ र रिचि बेरिंगटन १७ रनमा आउट हुँदा ड्वेन प्रिटोरियस पाँच रनमा अविजित रहे ।

टाइगर्सका अजमातुल्लाह उमरजाई र ग्रेहार्ड इरास्मसले समान दुई विकेट लिए । कोर्बिन बोशको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

टाइगर्सका अजमातुल्लाह उमरजाई ३०, शेर्फेन रदरफोर्ड २२ र टिम सेफर्ट १० रनमा आउट हुँदा कलिम साना ११ रनमा अविजित रहे।

भ्यानकुभरमा मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए । ड्वेन प्रिटोरियस, हर्ष ठाकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।

साताकाे चर्चित
सम्बन्धित