बिपद प्रथम उद्धारकर्ता तथा प्राथमिक उपचार तालिम सम्पन्न्
बिपद प्रथम उद्धारकर्ता तथा प्राथमिक उपचार तालिम सम्पन्न्

फाेटाे फिचर

    • उमेश बुढा

    • २२ श्रावण २०८१, मंगलवार

जुम्ला

गाउँपालि भित्र हुने बिभिन्न प्राकृतिक तथा मानव सृर्जना हुने विपदहरुलाई मध्यनजर गरि सिंजा गाउँ पालिका तथा कारीतास जर्मनी, कारितास नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा प्रथम उद्धारकर्ता र प्राथमिक उपचार तालिम सोमबार सम्पन गरिएको छ ।

तालिम सिंजा गाउँ पालिकाको नराकोटमा सिंजा गाउपालिका उपाध्यक्षको अगुवाइमा सम्पन्न भएको छ । आईतवार सिंजा गाउँ पालिका उपाध्यक्ष सीतली रोकायाको अध्यक्षतामा संचालित तालिममा सिंजा गाउँपालिकाका ६ वटा वडा का अध्यक्ष, वडा बिपद ब्यवस्थापन समितिका पदाधिकारी, समुदायमा गठित बिपद कार्यदलबाट २७ जनालाई तालिम दिईएको हो ।


बर्षाद वा कुनैपनी बेलामा हुने बिपदलाई मध्येनजर गर्दै हुनसक्ने सम्भावित समस्यामा घाइते वा बिरामीको जिवन बचाउनु,घाइते वा बिरामीको अवस्था झनझन विग्रन नदिनु,घाइते वा बिरामीको अबस्थालाई सुधारमा ल्याउनु तथा घाईते वा बिरामीको लाई प्रोत्साहन दिने जस्ता उदेश्य राखि यो तालिम गरिएको हो । भने बिपदको समयमा घट्ने घटनालाई भयावह हुनबाट बच्न पालिका भरि उद्वारकर्ता तयारीका लागि उक्त तालिम सञ्चालन गरिएको छ ।

यस तालिममा सहजिकरण गर्देै सहजकर्ता एवं नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य हर्क बहादुर महतले भन्नुभयो कुनैपनि साना ठुला बिपदका घटनामा परि मानिसले जीवन गुमानबाट बचाउन यो तालिम दिईने गरिन्छ । तालिमले एक समुदायमा एक दक्ष प्राथमिक उपचारक स्वयमसेवक बनाउ सहयोग पुगेको छ यसलाई निरन्तरता दिई बिपत्तिको प्रतिकार्य गर्न सिंजा गाउँ पालिकालाई सुझाव दिन चाहान्छु ।
पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले तालिम समापनका क्रममा भन्नुभयो बिपदका घटनामा मानिसपर्ने गर्दछन्,यस बेलामा सामान्य चोटपटकले पनि मानिसले ज्यान गुमाउने समस्या हुने गर्दछ,यस अबस्थामा सामान्य प्राथमिक उपचार स्याहारसुसार कार्यले मानिसको अकल मृत्युु हुनबाट बच्ने भएकाले यो तालिम समुदायको भलाईका लागी महत्वपुर्ण छ । यस तालिमा गाउँपालिकाले साझेदारी गर्दा संस्थालाई पनि सहज भएको छ । समग्र गाउँपालिकाको विपदका समस्याालाई हल गर्न गाउँपालिकाको सहकार्य र साझेदारीको अपेक्षा गर्दछुु ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार आयोजित तालिममा सिकेको सिपलाई ब्यवाहरमा लागु गर्न सहभाीलाई सुझाव दिदै भन्नु भयो बिपदमा परेका मानिसलाई बचाउन यो तालिम महत्वपुण छ । यो अति आवश्यक तालिम पनि हो । यस तालिमले समुदायमा दक्ष उद्धारकर्ता भएको विस्वास लिएको छु । अगामी दिनमा पनि यस्ता कार्यक्रममा संस्था र अन्य सरोकासवाला निकायसँग सहकार्य गरि बिपदका कार्यहरु गर्ने छौं ।
तालिमलाई समापन गर्दै सिंजा गाउँ गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले भन्नुभयो यो तालिम भनेको निशुल्क सेवा गर्ने उद्धारकर्ता बनाउने हो, गाउँपालिका र संस्था पेस नेपाल मिलेर बिपत्तीको बेलामा सेवा गर्ने दक्ष स्वयमसेवक बनाएका छौ । मलाई विस्वास छ अब हाम्रो गाउँपालिकामा हुने बिपतीलाई सामाना गर्न सक्ने भएका छौ ,सिजाका सबै टोल समेटिने गरि दक्ष उद्धारकर्ता बनाएका छौ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई संघसंस्थाहरुको सहयोग तथा साझेदारीमा निरन्तर गर्ने छौ ।

साताकाे चर्चित
सम्बन्धित