काठमाडाैं।
बंगलादेशको राजधानी ढाकाका अधिकांश प्रहरी चौकीमा आन्दोलनकारीले तोडफोड र लुटपाट गरेका छन् । ढकाका धेरै प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट भएको बीबीसीले जनाएको छ ।
आक्रोशित भीडले धेरै ठाउँमा प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका छन् ।कतिपय प्रहरी चौकीमा आगजनी गरिएको छ । प्रहरी चौकीबाट पंखा, कुर्सी, टेबुललगायत सबै सामान लुटिएको समाचारमा उल्लेख छ । सुरक्षा संकटका कारण प्रहरीहरू चौकी छाडेर सुरक्षित स्थानमा गएका छन् ।
चौकीअगाडि पार्किङ गरिएका सवारीसाधन, प्रहरी चौकीभित्र राखिएका मोटरसाइकल र सामान लुटपाट भएको बताइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ढाकाका ५० प्रहरी चौकीमध्ये अधिकांशमा प्रहरी छैनन् ।