सुर्खेत।
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । उनी कृषि वि हुन् । वीरेन्द्रनगर निवासी योगी एमाले निकट हुन् ।
यस्तै सदस्यमा मुगुको छायाँनाथरारा नगरपालिका-५, को डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका-३ अशोकनाथ योगी नियुक्त भएका छन्। रावल एमाले र योगी कांग्रेस निकट हुन् ।