सिँजामा स्तनपान सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सिँजामा स्तनपान सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

फाेटाे फिचर

    • उमेश बुढा

    • २४ श्रावण २०८१, बिहीबार

जुम्ला ।

सिँजा गाउँपालिका ( ६ वटा वडाहरुका १२ वडा गाउँवस्तिमा स्तनपान सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरि बुधबार सकिएको छ ।

सिँजा गाउँपालिका भित्रका १२ वटा गाउँवस्तीहरुमा स्तनपान सम्बन्धि आमाहरुलाई सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

सिँजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पेस नेपाल , प्लान नेपाल , क्याड जुम्ला , एमडिआई साझेदारीमा र सिँजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आमाहरुलाई स्तनपान सम्बन्धि सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

विश्व भरि नै स्तनपानको महत्व फाइदाको बारेमा चर्चा गर्दै जनचेतनामूलक कार्यक्रम हरेक वर्षको अगष्ट महिनाको पहिलो सप्ताह अर्थायत १ देखि ७ तारिखसम्म स्तनपान मनाइने गर्दछ , समेत प्रमुख रोकायाले बताउनु भयो ।

शिशु जन्मेको जति सक्दो जाँडो १ घण्टा भित्र दुध चुसाएमा सुत्केरी आमाको पाठेघर खुम्चन मद्दत गर्छ , त्यस्तै गरि स्तनपानले बच्चामा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि विकास गर्छ , बच्चालाई स्तनपान गराउँदा आमा र बच्चाको आत्मियता र माया ममताको सम्बन्धलाई बढाउँछ , बच्चालाई संक्रमणबाट बचाउँछ , शिशुलाई पहेलो विगौती दुध खुवाएमा सम्पूर्ण पोषिलो तत्व पाउनुका साथै जीवनको पहिलो खोपको काम समेत गर्नु लगायतका स्तनपानको फाइदा र महत्त्व बारे सिँजा गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका १२ वटा गाउँवस्तीकी आमाहरुलाई विश्व सप्ताह कार्यक्रमको अवसरमा सचेतना अभिमुखिकरण र सहल्ला दिएको मनहरी विकास संस्था , एमडिआईकी पोषण पर्यवेक्षक सपना सेजुवालले बताइन् ।

स्तनपानले बच्चा र आमाको शारीरिकलाई फाइदा गराउनुका साथै एक आपसमा माया ममता बढाउँछ । सेजुवालले भनिन् , सिँजाकी आमालाई स्तनपानको महत्त्वबारे बताउँदै उनिहरुले सिकेको कुरालाई साथिहरु र अन्य गाउँघरकी आमालाई पनि स्तनपानको महत्त्व फाइदाको बारेमा सिकाउनु हुनेछ । भन्ने आमाबाट अपेक्षा राखेको छु ।


स्वास्थ्य शाखा र एमडिआईबाट आमाहरुका लागि उपयोगी कुरा स्तनपानको बारेमा ज्ञान सिक्न पाउँदा सिँजाकी महिला खुसी भएको बताउँछन् । हामीले स्तनपानको ज्ञान जति सिकेका छौं , त्यति समुदायमा अन्य आमाहरुलाई पनि सिकानेछु ,आमा बताउँछन् ।

विश्व स्तनपान दिवश साउन १७ देखि २३ गतेसम्म विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रम गरि मनाईन्छ । तर सिँजा गाउँपालिका स्वास्थ्य शाखाले विभिन्न संस्थासँग साझेदारी गरेर यो दिवशको अवसरमा ६ वटा वडाका १२ वटा गाउँहरुकी आमाहरुलाई स्तनपानको फाइदा र महत्त्वबारे जनचेतना जोगाउने खालको अभिमुखिकरण गराएको छ ।

साताकाे चर्चित
सम्बन्धित