पवित्र तीर्थ गोसाइकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थाले
पवित्र तीर्थ गोसाइकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थाले
    • बेल संचार

    • २६ श्रावण २०८१, शनिबार

रसुवा ।

यहाँको उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाइकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् ।

यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइकुण्डमा पुग्ने अनुमान गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए । जनैपूर्णिमाको दिन (आगामी भदौ ३ गते) भक्तजनको घुइँचोलाई मध्येनजर राख्दै सो दिनका लागि सुरक्षा व्यवस्था, उपचार, खानेपनीलगायत विविध सेवाको व्यवस्था गरिएको उनले जानकारी दिए ।

रसुवाको प्रवेशद्वार बेत्रावतिबाट गोसाइकुण्डसम्म सबै यात्रुलाई जिल्लास्तरको सेवा प्रदान गरिने अध्यक्ष डिएमले बताए । साइकुण्डको तीर्थका २० जनाको समूह आज निलाद्री पर्वततर्फ प्रस्थान गरेको भन्दै उक्त समूहले सुलाद्री आरोहण गरिरहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

भगवान् शङ्करले बास लिएको कुण्डस्थलका रुपमा गोसाइकुण्ड रहेको छ । समुद्री सतहबाट १४ हजार एक सय फिटको उचाइमा जाँदा लेक लाग्ने समस्या हुने भएकाले उक्त समस्या समाधान गर्न चोलाङपाटी, लौरीविनायक र गोसाइकुण्डमा स्वास्थ्य शिविर राख्ने तयारी गरिएको समितिका अध्यक्ष डिएमले उल्लेख गरे ।

साताकाे चर्चित
सम्बन्धित