बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन लिए फिर्ता
बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन लिए फिर्ता
    • बेल संचार

    • २८ श्रावण २०८१, सोमबार

काठमाडाैं । 

बंगलादेशमा हडतालमा उत्रिएका प्रहरी अधिकारीहरूले आन्दोलन फिर्ता लिएका छन् ।

सरकारसँग भएको बैठकपछि उनीहरू आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।

आफूहरूले राखेका अधिकांश माग पूरा हुने आश्वासन पाएपछि आन्दोलन फिर्ता लिएको प्रहरी अधिकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच देशभर झडप भएपछि बंगलादेश प्रहरी अधीनस्थ कर्मचारी युनियनले अगस्ट ६ मा बन्दको घोषणा गरेको थियो ।

विद्यार्थी आन्दोलनका क्रममा दर्जनौँ प्रहरी अधिकारी मारिएका छन् भने कैयौँ घाइते भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित